देशका हिमाली जील्ला मनांग मुस्तांग मा त अत्त्याधीक हीम पात परेको छ |जसले तेहाका सर्बसाधारण को दैनिकी कस्टकर बनेको छ |राजधानी मा पनी जाडो अत्याधिक बढेको छ |
काठमाडौं उपत्यकाका आसपासका डाँडामा पनि हिउँ परेको छ । उपत्यकाको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरीमा पनि हिउँ परेको छ । हिउँ परेपछि चन्द्रागिरी जानेहरुको संख्या बढेको आइएमई ग्रुपका जनसम्पर्क प्रमुख राजु पौडेलले जानकारी दिनुभयो ।
चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले आफ्नो फेसबुक पेजमा हिमपातको भिडियो र फोटो राख्नुभएको छ :
केबलकार चढेर भालेश्वर मन्दिर दर्शन तथा उपत्यका अवलोकन गर्न जानेहरू हिउँमा रमाइरहेका छन्। बिहान मौसम चिसो भए पनि मध्याह्नदेखि घाम लागेको छ।
Post a Comment