Latest Updates :

जिउँदो चितुवालाई मरेको सम्झेर उसैसँग सेल्फी लिन खोज्दा...(भिडियोसहित)

SHARE THIS POST :
उदयपुर। राजमार्गको छेउको नालीमा पल्टिएको चितुवालाई मरेको सम्झेर मोटरसाइकलमा आएका दुई युवकले त्यो चितुवासँग सेल्फी लिन खोजिरहेका थिए । यही क्रममा अचानक चितुवा उठेर दुईमध्ये एकलाई झम्टियो । चितुवाको पकडमा परेका ती युवक निकै मुस्किलले ज्यान बचाएर भागे । अर्का युवक भाग्ने क्रममा लडेर घाइते भएका छन् ।

त्यो चितुवा राजमार्गमा हिँडिरहेको कुनै गाडीको ठक्करले घाइते भएको थियो । भागेका युवकहरुले गाउँलेहरुलाई खबर गरेपछि एकैछिनमा भीड जम्मा भयो । गाउँलेहरुले वन विभागमा फोन गरेपछि वन विभागका कर्मचारी आएर चितुवलाई उद्धार गरे । भारतको राजस्थान उदयपुर जिल्लामा यो घटना भएको हो । जिल्ला वन अधिकृत ओपी शर्माका अनुसार चितुवालाई कुनै गाडीले पछाडिबाट ठक्कर दिएको थियो । यसको पछाडीको हड्डी र खुट्टामा गहिरो चोट लागेको छ । चितुवालाई बायोलोजिकल पार्कमा राखेर उपचार भइरहेको छ । पूर्णरुपमा ठिक भएपछि उसलाई जंगलमा छाडिनेछ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger