यो घटना भारतको पञ्जाबस्थित कामरेज स्थानको हो। पञ्जाबको भठिन्डाकी युवतीले मुम्बईको डान्स बारमा काम गथिन्। २ वर्ष पहिले उनको भीमराड रोड बारमा काम गर्ने टिंबा गाउँका प्रितेश पटेलसँग भेट भयो। त्यसपछि उनीहरु प्रेममा परे। त्यसपछि उनकी प्रेमिका ज्योति त्यहाँका अन्तै गएकी थिइन्। डिसेम्बर २७ मा प्रेमी प्रितेशको जन्मदिन पारेर ज्योती ड्राइवर संदीप सिंह र उनकी पत्नी निकिताका साथ त्यहाँ आएकी थिइन। त्यसपछि सारै जना मुम्बई गएका थिए। उनीहरु सबै ४ दिनसम्म होटेलमा बसेका थिए। त्यस क्रममा ज्योती गौरव नाम गरेका युवकसँग नजिक भइन्। यसैलाई लिएर दुई जनाबीच विवाद भएको थियो।
त्यस पछि मंगलबार गाउँ फर्किएका नितेशले खेत देखाउने भन्दै ज्योतीलाई कारबाट झारेर खेतमा लिएर गए। त्यसपछि ज्योतीले खेतमै हँसियाले घाँटी रेटेर हत्या गरिदिए।
प्रितेशले ज्योतीको शोख पुरा गराउनका लागि २ करोड रुपैयाँ खर्च गरेका थिए। मुम्बईमा रहँदा पनि उनले ज्योतीका लागि २ लाख खर्च गरेका थिए। मुम्बईँमा किनेका बस्तु प्रहरीले बरामत गरेको छ। प्रितेश विवाहित हुन् तर ज्योतीसँग प्रेममा परेपछि उनले पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेको त्यहाँका अधिकारीलाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यले जनाएका छन्।
Post a Comment