Latest Updates :

रणबीर कपुरसँगको ब्रेकअफ भएको कारण यस्तोपो रहिछ बल्ल खोलिन कैटरीना कैफले

SHARE THIS POST :
मुम्बई । बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री कैटरीना कैफको निजी जिन्दगीबारे मिडियामा विभिन्न खाले समाचार आइरन्छन् ।

उनीहरुको निजी सम्बन्ध त्यति समधुर पनि छैन । त्यसका कारण हो, केही समय प्रेम सम्बन्धमा रहेका यी दुईजनाको जोडी अहिले टुटिसकेको छ । कुनै समय एकदमै गहिरो प्रेममा रहेका यीनिहरु आखिर कसरी छुट्टिए त ?
यो प्रश्नको जवाफ अहिलेसम्म उनीहरुका प्रसंशकले पाएका छैनन् । उनीहरु उपस्थित हुने हरेकजसो कार्यक्रममा सञ्चारकर्मीले घुमाउरो तरिकाले भएपनि ब्रेकअफ्बारे प्रश्न सोध्न छोड्दैनन् ।

तर त्यसको जवाफ उनीहरुले कुटनीतिक तरिकाले पन्छाउने गर्छन् । रणबीर र कैटरीनाको ब्रेकअफ भइसकेपनि उनीहरुले सँगै काम गरेको ‘जग्गा जासूस’ रिलिजको प्रतिक्षामा छ । र फिल्मको प्रमोशनमा दुवै जना सक्रियतापूर्वक सहभागी भइरहेका छन् ।

फिल्म प्रमोशनकै क्रममा हालै आयोजित एक कार्यक्रममा पनि कैटरीनालाई रणबीरसँगको ब्रेकअफबारे प्रश्न सोधियो । तर उनले उक्त प्रश्नलाई घुमाउरो तरिकाले पन्छाइन ।

उक्त प्रश्नको जवाफमा कैटरीनाले आफ्नो पेशासँग जोडिएको कार्यक्रममा निजी जिन्दगीका कुरा नगर्न पत्रकारलाई आग्रह गरिन् । बरु रणबीरको तारिफ गर्दै उनले सिनेमाप्रति रणबीरको रुचि र लगाव देखेर आफू पनि चकित हुने गरेको बताइन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger