शनिबार बिहान ४ बजे घरमा आगो लागेको हो । भारतको जयपुरको विद्याधर नगरमा बस्ने संजीव गर्गको घरमा आगो लाग्दा संजयका पिता महेन्द्र गर्ग, छोरीहरु अपूर्वा, अर्पिता, छोरा अनिमेष र संजीवका सालाका छोरा सौर्यको ज्यान गएको हो । सौर्य माघेसंक्रान्ति मनाउन दुई दिनअघि आएका थिए । प्रत्यक्षदर्शी छिमेकीका अनुसार करिब ५ देखि ७ मिनेटसम्म मृतकहरुले सहयोगका लागि चिच्याउँदै गुहार मागेका थिए । तर छिमेकीहरु आगो ठूलो भएका कारण समयमै सहयोग गर्न हिम्मत गरेनन् । छिमेकीहरुका अनुसार समयमै उद्धार गर्न सकिएको भए अनिमेष र सौर्यको ज्यान बचाउन सकिन्थ्यो । उनीहरुसम्म आगो नपुगेको र उनीहरु निसास्सिएर मरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले बिहान साढे ४ बजे सूचना पाएको थियो । सूचना पाउनासाथ एक किलोमिटर टाढाबाट प्रहरी चार मिनेटमै पुगेको थियो । प्रहरीले दमकललाई लगातार फोन गरेको भए पनि मात्रै ३ सय मिटर टाढाबाट आउन दमकललाई १ घण्टा लाग्यो । घटनास्थलमा ४ मिनेटको अन्तरालमा पाँच फयर ब्रिगेड टोली पुगे तर कुनै टोलीले पनि आगो निभाउन सकेनन् । टोलीसँग झ्याल ढोका फुटाउनका लागि हतियार पनि नभएको बताइएको छ । घटनापछि प्रशासनले ३ जना फायर ब्रिगेडकर्मीलाई निलम्बित गरेको छ ।
Post a Comment