Latest Updates :

आमाको पिटाईले ४ वर्षीयाको मृत्यु, छोरीले ब्रस नगरेका कारण रुष्ट.

SHARE THIS POST :
अमेरिकामा आमाको कुटाइले चार वर्षीया बालिकाको मृत्यु भएको छ । मेरिल्याण्डकी गेथर्सबर्गकी आइरिस हर्नानदेज रिवाज (२०) छोरीले ब्रस नगरेकोमा रुष्ट थिइन् ।

रिसमा उनले पहिले छोरी नोहलेलाई पेटीले हानिन् र जमिनमा पछारिने गरि लात्ताले हानिन् । कुटाइका कारण अर्धचेत भएकी उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो जहाँ उनको मृत्यु भयो ।


छोरी अर्धचेत भएको खबर आइरिसले पुलिसलाई दिएकी थिइन् । उनले छोरी नुहाउनका लागि पहिले बाथरुममा छिरेको र त्यसको १५ मिनेटपछि बाथटबबाट खसेको बताइन् । त्यसको एक घण्टापछि उनले इमर्जेन्सी सर्भिसका लागि ९११ मा फोन गरिन् त्यसपछि छोरीलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो ।



डाक्टरका अनुसार नोहलेको शरिररमा थुप्रै घाउ र टाउको पनि चोटको गहिरो निशाना थियो । उनलाई वासिङ्टन डिसीको चिल्ड्रेन नेशनल मेडिकल सेन्टरमा पुर्याइयो जहाँ उनको मृत्यु भयो ।आमाले स्विकारिन् अपराधः

 पुलिसका अनुसार आइरिसले पहिले छोरीलाई कुटेको कुरा लुकाइन् । तर कडा सोधपुछपछि छोरीले ब्रस गर्न अस्किार गरेपछि उनले नोहलेको पेटमा लात्ताले हानेको स्विकारिन् ।– मिडिया रिपोर्टका अनुसार लात्ता हानेपछि छोरीको टाउको ढोकामा ठोक्किएका कारण उनी भुँइमा पछारिएकी हुन् ।– आइरिसले पुलिसलाई बताए अनुसार लात्तामा हानुभन्दा पहिले उनले छोरीलाई पेटीले पनि हानेको र उनको शरिरमा त्यसैको निशाना हो । पुलिसले आमाविरुद्ध ‘फर्स्ट डिग्रीको चाइल्ड एब्युज’ र ‘असल्ट’को मुद्दा दर्ता गरेको छ ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger