Latest Updates :

१२ कक्षा का विद्यार्थीद्वारा प्रधानाध्यपकको गोली हानी हत्या

SHARE THIS POST :
भारतको हरियाण राज्यस्थित एक विद्यालयका विद्यार्थीले आफ्ना प्रधानाध्यपकलाई गोली हानी हत्या गरेका छन्। जमुनानगरस्थित विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले शनिबार प्रधानाध्यपक ऋतु चब्रालाई गोली प्रहार गरी हत्या गरेका हुन्।

हिन्दूस्तान टाइम्सका अनुसार कक्षामा थोरै उपस्थित भएपछि प्रधानाध्यपकले व्यवस्थापनका ती विद्यार्थीलाई १४ दिनका लागि ‘रेस्टिकेट’ गरिदिएकी थिइन्। विद्यालयको व्यवहारबाट आक्रोशित बनेका उनले घरबाट पेस्ताेल ल्याएर प्रधानाध्यपकमाथि चार राउन्ड गोली प्रहार गरेका हुन्।

हत्यामा प्रयोग भएको ३२ बोर पेस्तोलको साइसेन्स विद्यार्थीका पिताको नाममा रहेको प्रहरीले जनाएको छ। प्रहरीले विद्यार्थीका व्यापारी पितालाई समेत पक्राउ गरेको छ। छोरोको विद्यालय जीवनबारे आफूलाई केही थाहा नभएको उनले प्रहरीलाई बयान दिएका छन्।

प्रधानाध्यपकलाई गोली हानी भाग्दै गरेका किशोरलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए। गोली प्रहार गर्ने विद्यार्थी कक्षा १ देखि नै सोही विद्यालयका विद्यार्थी हुन्। ऋतु १५ वर्षदेखि सो विद्यालयमा पढाउँदै आएकी थिइन्।नेपालखबरबाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger