Latest Updates :

पोर्तुगल सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु

SHARE THIS POST :
पोर्तुगल सडक दुर्घटनामा बिहिबार बिहान एक नेपाली युवतीको मृत्यु भएको छ । दुर्घटनामा थप ७ जना घाइते भएका छन् । बिहान काम गर्ने ठाउँतिर जादै गर्दा पानी परेका कारण गाडी अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।

करिब २४ /२५ वर्षीया चेतमाया तामाङको घटनास्थलमै मृत्‍यु भएको छ । मृतक तामाङ चितवनकी हुन् । घाइतेहरुको सेतुबाल अस्पतालमा उपचार भैरहेको घटनास्थल पुगेका एक नेपालीले जानकारी दिएका छन् ।
गाडी चालक एक पञ्जावी थिए । दुर्घटना विहान ७:४५ बजे भएको थियो । कामदारहरु नेपालीको क्यापासीटी कम्पनीमा काम गर्दथे । दुर्घटना पेगोईस सोल्माइरोसमा भएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger