लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा गत शुक्रबार ३४ वर्षीय शरण कुमार तामाङलाई सेन्ट्रल जकार्ता मेट्रो प्रहरीले गोली हानी मारेको हो ।
प्रहरीले उनलाई लागुऔषधको कारोबार हुने स्थान देखाउन सोधपुछ गरिरहेका बेला तामाङले प्रहरी अधिकारीको हतियार खोस्न खोजेपछि प्रहरीले उनीमाथि गोली चलाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
छातीमा गोली लागेको उनलाई तुरुन्त प्रहरी अस्पताल लगिए पनि उनलाई मृत घोषित गरिएको थियो । प्रहरीले लागुऔषध कारोबार हुने गरेको सूचनाको आधारमा सेन्ट्रल जर्कार्ताको गुनुङ सहरी, सवाह बेसार क्षेत्रमा कारवाही अघि बढाउने क्रममा तामाङलाई लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
घटनास्थलमा उनीसँग होटल अल्फाइनको कार्ड र ५२ ग्राम लागुऔषध फेला परेपछि प्रहरीले उनको होटलको २०४ नम्बर कोठामा खानतलासी लिएको थियो । जहाँ ३.४ केजी लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
Post a Comment