Latest Updates :

पोखरामा यातायात व्यवसायीहरुको दादागिरी “यातायात ठप्प”

SHARE THIS POST :

मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी चालकहरुलाई कारवाही गरेपछि नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ अन्तरगतका सार्वजनिक सवारी साधनहरु आज पोखरामा चलेका छैनन् । तर पोखरामा सञ्चालित विन्द्यवासिनी बस समितिले आफ्ना बसहरु भने पोखरामा चलाएको छ ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ अन्तरगतका बेगनासताल बस व्यवसायी समिति,श्रृयंगा बस व्यवसायी समिति,पोखरा बस व्यवसायी समिति,व्यास बस व्यवसायी समिति, पृथ्वी राजमार्ग बस सञ्चालक समिति मातहतका बसहरु चलेका छैनन् । त्यस्तै ट्याक्सी व्यवसायी समिति पोखरा मातहतका ट्याक्सीहरु पनि पोखरामा चलेका छैनन् ।

मीटरमा चल्न नमान्ने १८ जना ट्याक्सी चालकहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेर हिरासतमा राखेपछि ट्याक्सी चालकहरुले बुधबार पोखराको पृथ्वीचोक–लखनचोकमा ट्याक्सी तेस्र्याएर प्रहरी प्रशासनकाविरुद्ध नाराबाजी गरेका थिए । त्यस सडक अवरोधलाई कास्कीको प्रहरी प्रशासनले खुलाएको थियो तर ट्याक्सी व्यवसायी समिति पोखराले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको भन्दै आज पोखरामा यातायात हढ्तालको घोषणा गरेको थियो । ट्याक्सी व्यवसायी समिति पोखराको हड्ताललाई समर्थन गर्दै नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ अन्तरगतका यातायातसँग सम्बन्धित व्यवसायी समितिहरुले आज पोखरामा आफ्ना सार्वजनिक सवारी साधनहरु चलाएका छैनन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger