Latest Updates :

महिलासँगको सम्बन्धलाई लिएर निस्केको विवादमा भक्तपुरमा एक व्यक्तिको हत्या.

SHARE THIS POST :
काठमाडौं, ३ माघ । महिलासँगको सम्बन्धलाई लिएर निस्केको विवादमा भक्तपुरमा एक व्यक्तिलाई मन्दिर लगी हत्या गरिएको छ ।चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजुलाई मंगलबार बेलुका ब्रह्मायणी मन्दिरमा लगी हत्या गरिएको हो । मंगलबार हत्या गरिएपनि बुधबार विहान मात्र हत्याबारे जानकारी प्राप्त भएको हो । कृषि पेसामा आबद्ध सैंजुको शव बुधबार बिहान ५ बजे भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनलाई इट्टै इट्टाले हानी हत्या गरिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार, सो घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उनकै आफन्तहरु रहेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger