Latest Updates :

झुक्किएर भारतीय सीमामा प्रवेश गरेका एक चिनियाँ सैनिक ५० वर्षपछि स्वदेश फर्किएका छन्

SHARE THIS POST :
झुक्किएर भारतीय सीमामा प्रवेश गरेका एक चिनियाँ सैनिक ५० वर्षपछि स्वदेश फर्किएका छन् । सन् १९६३ मा भारतीय सीमामा प्रवेश गरेका वाङ की स्वेदश फर्किएका हुन् । आवश्यक कागजात उपलब्ध नगराइएका कारण उनी यसअघि स्वेदश फर्कन पाएका थिएनन् । उनका बारेमा बीबीसीको रिपोर्टपछि चिनियाँ कूटनीतिज्ञहरूले चासो देखाएका थिए ।

आफ्नो क्याम्पबाट बाहिर निस्केका बेला बाटो बिराएपछि उनी भारतीय सीमामा प्रवेश गरेका थिए । उनले बाटोमा भेटिएको रेडक्रसको गाडीका मानिससँग सहयोगका लागि आग्रह गरेकामा भारतीय सेनालाई बुझाइएको थियो । त्यसपछि उनलाई १९६९ सम्म जेलमा राखिएको थियो । अदालतको आदेशबाट रिहा भएपछि उनलाई प्रहरीले मध्यप्रदेशको तिरोडीमा लगेर छाडेको थियो । त्यही नै उनले भारतीय महिलासँग बिहे गरेका थिए । अहिले उनलाई छोराछोरीसहित चीन जाने अनुमति दिइएको हो । उनले २०१३ मा मात्र चिनियाँ पासपोर्ट पाएका थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger