Latest Updates :

आमाको कसम खांदै रबिलामिछानेले यस्तो (भिडियोसहित)

SHARE THIS POST :
काठमाडौं । देशमा चुनावी माहोल भएपनि आज केही वेर वेमौसमकै बाजा बजाउनु पर्ने भएको छ । आज आफ्नै कुरा गर्न बाध्य भएको छु । म र मसँग रहेको अमेरीकी पासर्पोट बारे सनसनीपुर्ण न्युज,म विदेश गएको बेलामा आएछ । जसलाई स्पष्ट पार्न जरुरी ठानेको छु । सन् २००२ देखि मैले अमेरीकामा स्थायी बसोबास गर्न सुरु गरेको कुरा मैले कसैलाई लुकाएको छैन । १४ बर्ष अमेरीका बसेको, आफ्नै व्यसाय सञ्चालन गरेको मानिससँग प्रायः त्यहाँको कार्ड,पासर्पोट र अन्य कागजात हुन्छन् नै । यसका लागि कसैको खोजीमुलक पत्रकारीता नै चाहिदैन ।

तर १४ बर्ष अमेरीका बसेको मानिस जब सबै थोक छाडेर आफ्नै देश आउने निर्णय गर्छ के त्यसाका लागि देशका दिग्गज दिग्गज पत्रकारहरुले खोजी पत्रकारीता गरेर बे्रकीङ न्युज नै पत्ता लगाए जस्तो जुगाँ मुठार्न पर्छ ? म सिम्पल भाषामा क्लीएर गर्न चाहान्छु र चित्त नबुझन्नेहरुसँग जहाँ जहिले पनि संवाद गर्न तयार भएको जानकारी दिन चाहान्छु ।

म जस्तो जाबो मान्छे जो १४ बर्ष अमेरीका बसेको जग जाहेरछ, त्यसका बारेमा खोजी मुलक पत्रकारीता गरेर बाघै मारे जस्तो गर्जन गर्न जरुरी छ ? लाखौँ मानिसहरु जस्तै म पनि विदेश गए उतै बस्ने निर्णय गरी घर गाडी व्यवसाय जोडे । आँफु संचारकर्मी भएका नाताले यो क्षेत्रप्रतिको मोह छोड्न सकिन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger