Latest Updates :

बहिनीको बिहेको दिन भयो दिदीको मृत्यु- पढ्नुस उक्त घटना भिडियो

SHARE THIS POST :
घाइते अवस्थामा अस्पताल भर्ना भएकी दिदीको त्यही दिन मृत्यु भयो । तर, त्यही दिन उनैकी बहिनीको डोली घरबाटै उठ्यो । त्यही दिनको लागि बहिनीको बिहे तोकिएको थियो। तोकिएको मितिमा बिहे रोकिएन । यता दिदीको लाश उठ्यो उता त्यसको ४ घण्टापछि नै बहिनीको डोली उठ्यो । यस्तो घटना भारतको आगरा शहरमा भएको हो।

यहाँको जगदीशपुरा क्षेत्रका सुवेदार वीरेन्द्र कुमारका ४ छोरीमध्ये माइली छोरीको बिहीबार बिहे तोकिएको थियो । वीरेन्द्रले १२ वर्षअघि आफ्नी जेठी छोरी नीरजाको बिहे सेनामै कार्यरत पुष्पेन्द्रसँग गरिदिएका थिए । नीरजालाई बिहेपछि नै दाइजोको लागि सताउने गरेको वीरेन्द्रले बताएका छन् । साइँली छोरी शीलुको बिहे तोकिएपछि इंगेजमेन्टको दिन पिता वीरेन्द्रले हुनेवाला ज्वाइँलाई औंठी लगाइदिए । १८ नोभेम्बरका दिन भएको इंगेजमेन्टमा ज्वाइँलाई औंठी लगाइदिएको देखेपछि जेठा ज्वाइँ पुष्पेन्द्रले हंगामा गरे । उनले आफूलाई औंठी नदिएको भन्दै झगडा गरे र ससुरालाई कुटपिट नै गर्न खोजे।

त्यसको २ दिनपछि नै पुष्पेन्द्रले नीरजालाई जिउँदै जलाइदिए । उनलाई गम्भीर हालतमा अस्पताल भर्ना गरिएकोमा बिहीबार २३ नोभेम्बरका दिन उनको मृत्यु भयो । जेठी छोरीको मृत्यु भएपछि बिहे रोकिने डरले आत्तिएका वीरेन्द्रले साइँली छोरीसँग बिहे हुन लागेका सोमनाथले मानवता देखाएको बताए।

सोमनाथले तोकिएको मितिमै कुनै भोजभतेर नगरी सादा किसिमले बिहे गरेका हुन्। नीरजाको हत्याको अभियोगमा पुष्पेन्द्रविरुद्ध मुद्दा चलाइएको छ । उनी फरार रहेको बताइएको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger