अमेरिकाको टेक्सास, फोर्टवर्थ सहरमा सोमबार भएको सडक दुर्घटनामा ५३ वर्षका डम्बर कामी, ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दर्जीको मृत्यु भएको हो । घटनामा तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा २४ वर्षीया रुपा कामी, १४ वर्षीया मोनी लोकान्द्री र ४ वर्षीया रीना कामी रहेका छन् । रुपाको आइसियुमा राखेर उपचार गरिँदैछ ।
भूटान सरकारबाट लखेटिएका कामी परिवारले लामो समय नेपालको शरणार्थी शिविरमा व्यतित गरेको थियो । उनीहरु सन २०१२ मा पुनर्वासका क्रममा अमेरिका पुगेका थिए ।
घाइतेहरुको उपचार र मृतकको दाहसंस्कारका लागि टेक्सासमा रहेका समाजसेवी कृष्ण लामिछानेले पहल सुरु गरेका छन्
Post a Comment