Latest Updates :

जिन्दगी सधै सोचे जस्तो हुँदैन : रीमा

SHARE THIS POST :

नायिका रीमा विश्वकर्माले श्रीमान रोबर्ट विश्वकर्मालाई डिभोर्स दिइन् र रोबर्टले मोरङकी वर्षा रसाइलीसँग टिकाटालो गरेको खबर शनिवार एकाएक बाहिरियो । एकपटक त सबै हैरानमा परे । विवाहपछि यो जोडीको एकपटक पनि सम्बन्ध विग्रिएको खबर बाहिर आएको थिएन ।

रोबर्टले अर्की युवतीसँग टिकाटालो गरेको खबर सार्वजनिक भएपछि यस विषयमा बुझ्न रीमालाई धेरै पटक 'फिल्मीखबर डटकम' टीमले प्रयास गर्‍यो तर उनको फोन उठेन । यस्तैमा रीमाले फेसबुकमा एक स्टाटस लेख्दै घुमाउरो शैलीमा रोबर्टसँग आफ्नो सम्बन्ध टुंगिएको बताएकी छिन् । उनले जिन्दगी सधै सोचे जस्तो नहुने भन्दै तत्काल यस विषयमा आफू कुनै पनि प्रश्नको उत्तर दिन असमर्थ रहेको उल्लेख गरेकी छिन् ।

‘म सम्बन्धि आएका समाचारहरु मैले हेरिरहेकी छु। म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । तर पनि मेरा मिडियाका साथीहरु, शुभेक्क्षुकहरु अनि मेरा आफन्तहरु जसले मलाई सधैं नै माया अनि सम्मान दिनुभएको छ । यहाँहरुले म प्रति देखाउनुभएको सद्भावप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो असहज परिस्थितिमा म यहाँहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रश्नको उत्तर दिन असमर्थ छु। यति बेला मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनुहुनेछ भन्ने मलाई पुर्ण विश्वास छ। जिन्दगी सधै सोचे जस्तो त पक्कै हुँदैन र समय सधै एकनास पनि हुँदैन । यो गाह्रो क्षण पनि पक्कै वितेर जानेछ। मेरो कोहिं प्रति पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनुभएकोमा म अनि मेरो परिवार यहाँहरु प्रति कृतज्ञता व्यक्त गर्छौं ।’ उनले फेसबुकमा लेखेकी छिन् ।



सामाजिक सञ्जाल फेसबुकमा कुराकानी हुँदै गहिरो प्रेम पश्चात नायिका रीमाले २०७२ साल असोज १० गते काठमाडौंको सबैभन्दा महंगो पाँच तारे होटल हायतमा भेरी जोन नामक एक अमेरिकन टेलिकम कम्पनीको यूके शाखामा फाइनान्स म्यानेजरका रूपमा कार्यरत रोबर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् ।

रोबर्टले वर्षासँग टिकाटालो गरे यूके फर्किसकेका छन् । स्रोतका अनुसार, करीब २ साता अगाडि रीमा र रोबर्टको आपसी समझदारीमा डिभोर्स भएको हो । म्यूजिक भिडियोसँगै एपीवानले सञ्चालन गरेको 'नेपाल आइडल'मा व्यस्त भएपछि रीमाको श्रीमानसँग सम्बन्ध चिसिँदै गएको थियो ।
Other News Headlines

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger