Latest Updates :

कुवेतबाट बिरामी भएर फर्केकी श्रीमतीलाई श्रीमानले नै हत्या गरी नहरमा फ्याकेपछि:

SHARE THIS POST :
बिरामी भएर १६ महिना अगाडी नेपाल फर्केकी बर्दघाट नगरपालिका वार्ड न १५ तेलाहा कि पुनम मुसहरलाई आफ्नै श्रीमानले हत्या गरी नहरमा फालेको तथ्य पत्ता लागेको छ ।

बिरामी भएर कुवेतबाट घर पुगेकी पुनमलाई ३ महिना पहिले उनका श्रीमान प्रेम मुसहरले धेरै सताएको भन्दै आफ्नो घर देखि औषधि गर्न जाने भनेर साइकलमा राखेर त्रीबेणी नदि नजिकैको नहरमा फालेका थिए । बेवारिसे अवस्थामा ३ दिन पछि उनको लास भेटिएको थियो | श्रीमतिको हत्या श्रीमानबाटै भएको अनुसन्धानबाट खुलेपछि प्रेम मुसहर अहिले प्रहरी हिरासतमा छन ।

उनिहरुको ४ बर्षिय छोरा अंगद मुसहर अहिले बाबा आमा बिहिन भएका छन् | अंगदलाई आफ्नो ठूली फूपू शान्ती मुसहरको घरमा राखिएको छ | तर फूपूले बालकलाई लालनपालन तथा पढाउन नसक्ने बताएपछि लुम्बिनि समाज नेपाल कुवेत केहि राहत लिएर पिडित बालक भएकै घरमा पुगेको छ |

आप्रवासी हकहित संरक्षण मञ्च नवलपरासी द्वारा खबर पाउने बितिकै लुम्बिनि समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल पिडित बालक भएको घरमै पुगेर सहयोग गरेका छन् | बालकको पठन पाठनको लागि विद्यालय ब्यवस्थापन गरि ड्रेसको लागि केही नगद रकम, कापी, किताब, पेन्सिल लगायत जाडोका कपडाहरु लगभग ५ हजार बराबरको समान हस्तान्तरण गरेको हमालले बताए ।- हाम्रो संचार बाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger