Latest Updates :

वनस्थली सडक दुर्घटनामा एकको मृत्यु

SHARE THIS POST :
काठमाडौँ, २६ मंसिर । वनस्थली चोकमा भएको सडक दुर्घटनामा पाल्पास्थित सिद्धेश्वर नगरपालिकाका निवासी खिमबहादुर बुढाथोकीको मृत्यु भएको छ ।

गएराति बा६६प ४८५६ नं को मोटरसाइकल बा८च ९३१ नं को टाटा मोबाइलसँग ठोक्किएर पुनः बा२ज १३७६ नं को ट्याक्सीमा ठोक्किन पुगेपछि गम्भिर घाइते ३२ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको उपचारका क्रममा वीरअस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार २८ वर्षीया तीलकुमारी राना र १२ वर्षीय बालक सुजन लुङ्गेलीको भने सोही सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दुर्घटनामा संलग्न सवारी साधन र तीनका चालक बालाजुस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा छन् ।रासस

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger