यसमा त्यस्ता पाँच युवतीको कथा खाजेको छ, जो विभिन्न समय यसखाले अपराधमा संलग्न रहेको भेटिएको छ ।१ आशिकाको असली रूपकेन्द्रीय अनुसन्धान ब्युरोले २ असारमा दाङ, घोराहीकी १९ वर्षीया आशिका परियार र ३१ वर्षीय कोलबहादुर थापामगर (जो कुबिनका नामले समेत चिनिन्छन्) लाई पक्राउ गर्यो ।‘हनी ट्रयापिङ’मा पारेर एक जना व्यावसायीलाई अपहरण गरी फिरौती असुलेको अभियोगमा यी दुई पक्राउ परेका हुन् । थापा र परियार बत्तीसपुतलीमा एउटा घरमा डेरा गरी ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । यी दुई प्रहरीको फन्दामा परेपछि ‘हनी ट्रयापिङ’मा संलग्न एउटा गिरोहबारे खुलासा भएको छ ।सुन्दर युवतीहरूलाई ढाल बनाएर धनाढ्यहरूको अपहरण गर्ने ‘गिरोह’का मुख्य योजनाकार हुन्, दाङ सैघा ६ का ३१ वर्षीय कोमानन्द खड्का । वास्तविक नाम कोमानन्द भए पनि अपराधको दुनियाँमा उनी ‘कम्रेड कुमार’ र ‘रोशन’का नामले चिनिन्छन् ।
परिचय लुकाएर अपराधकर्म दोहोर्याउन रुचाउने उनले आफ्नो नाम ‘मोडिफाई’ गरेर ‘कुमानन्द’ बनाए । यो गिरोहमा उनलाई साथ दिनेमा भोजपुरका ३१ वर्षीय नवीनकुमार राई र नाम नखुलेका अर्का एक जना छन् । २९ पुस ०७३ मा अपहरण तथा शरीर बन्धक अभियोगमा खड्का र राई पक्राउ परेका थिए जो हाल पुर्पक्षका लागि नक्खु कारागारमा छन् । यी दुईले कारागारबाटै योजना बनाएअनुसार, अपहरण तथा फिरौतीलाई अघि बढाएका थिए, कोलबहादुर थापा र आशिका परियारले ।
Post a Comment