Latest Updates :

समानुपातिकमा नेपाली काँग्रेस पहिलो पार्टी

SHARE THIS POST :

दाङ, २७ मंसिर, प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ जिल्लामा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ भने सबैभन्दा बढी मत प्राप्त भएको छ ।

तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेसले क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा विजयी भएकामा समानुपातिकतर्फ दाङमा नेपाली काँग्रेस पहिलो पार्टी भएको छ । मंगलबार राति सकिएको मतगणनाको परिणामअनुसार प्रतिनिधिसभातर्फ दाङमा नेपाली काँग्रेसलाई ७३ हजार ९९३ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कार्कीले जानकारी दिनुभयो  ।

कार्कीका अनुसार दोस्रोमा नेकपा (एमाले) रहेको छ । उसलाई ७३ हजार ११ मत प्राप्त भएको छ । दाङमा माओवादी केन्द्रलाई भने ४३ हजार १९५ मत मात्रै प्राप्त भएको प्रमुख कार्कीले बताउनुभयो । त्यस्तै, प्रदेशसभातर्फ काँग्रेसलाई ६९ हजार ६५, एमालेलाई ६५ हजार १६७ र माओवादी केन्द्रलाई ४६ हजार ८१७ मत प्राप्त भएको कार्कीले बताउनुभयो । दाङमा समानुपातिकतर्फ ९।५९ प्रतिशत मत बदर भएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger