एकै दिशाबाट नारायणगोपाल चोक तर्फ जाँदैगरेको बा ४ ख ६२७० नम्बरको ट्रिपर र बा ३४ प ४२८१ नम्बरको रातो पल्सर ठक्कर खाएका थिए । मृत्यु हुनेमा गोर्खा जिल्ला फुजेल ७ घर भई बालाजु बस्दै आएका २२ बर्षिय सन्तोष श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिएका छन् । घाईते निरज राउत को टिचिंग हस्पिटलमा उपचार भईरहेको छ ।ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कसरी भयो घटना ? नारायणगोपाल चोक तर्फ ट्रिपर अत्यधिक गतिमा जाँदै थियो । साथै सोहि दिशा तर्फ मोटरसाइकल पनि अत्यधिक गतीमा थियो । दुबै सवारी अत्यधिक गती भएपछि मोटरसाइकल ट्रिपरको बाँयापट्टी ठोक्किन पुग्यो । मोटरसाइकल चालकको टाउको ट्रिपरको बाँया पट्टीको भागमा नराम्रो सँग ठोक्कियो र हेल्मेट पनि फुटेर टाउँको समेत फुट्न पुग्यो । पछाडि सवारलाई पनि गम्भिर चोट लाग्न पुग्यो ।
घटना लगत्तै ट्रिपर चालक भाग्न खोजेका थिए । सोहि बेला स्थानिय र प्रहरीको सहायतामा ट्रिपर चालक पक्राउ परे भने घाइतेलाई तुरुन्तै टिचिङ अस्पताल पु¥याइयो । चालकको भने घटनास्थलमै ज्यान गयो ।
Post a Comment