काठमाडौंबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नंको रात्रि बस मंगललबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते, एकको मृत्यु र एकजना बेपत्ता भएका छन् ।
उनीहरुमध्ये घाइते हुनेको सनाखत भएको छ । बसमा चालक तथा सहयोगी समेतगरी जम्मा ११ जना यात्रु सवार रहेकामा एकजना बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार घाइतेहरुको नाम र ठेगाना निम्नानुसार रहेका छन् :
घाइतेहरु
नलाङ-६ धादिङका १९ वर्षीय राजेश विक
नलाङ-६ धादिङका २५ वर्षीया कोपी विक
नलाङ-६ धादिङका ३५ का कृष्ण नेपाली (एचआइभि पोजेटिभ भएको, अवस्था गम्भीर भएकोले काठमाडौं रिफर)
नलाङ-५ धादिङका ४२ वर्षीय पहलमान सार्की
नलाङ-७ धादिङका ३६ वर्षीया भगवती पाठक
नलाङ-५ धादिङका ३५ वर्षीय काजीराम नेपाली
नलाङ-६ धादिङका १७ वर्षीय रमेश विक
नलाङ-६ धादिङका १८ वर्षीय शुभ विक
चालक रुपन्देहीका ३० वर्षीय हरीराम चमार
मृतक
मृतक अन्दाजी ३५ वर्षका छन् भने उनको नाम र ठेगाना खुल्न सकेको छैन ।
Post a Comment