पक्राउ परेका चौधरीले आफु हार्डवयर व्यवसायमा लागेकाले सोही प्रयोजनका लागी उक्त पैसा ल्याएको बताएपनि प्रहरीलाई उनको हाउभाउ शंकास्पद र स्रोत विश्वसनीय नलागेपछि पक्राउ गरेको जनाएको छ ।
रौतहटबाट काठमाडौं आएका ती युवाले जकेट भित्र भित्रिबस्त्रजस्तै गरि पैसा राखेको प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए । शंकास्पद देखिएका ति युवमाथी थप चेकजाँच गर्दा शरिरमा लुकाएका हजार र पाँचसय दरका नोटको बण्डल भेटियो । रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाएका छौं उनले भने ।

Post a Comment