Latest Updates :

९ वर्ष देखि बृद्धा आमा र सुस्त छोरीको पुलमुनिको बास- आर्दशका कुरा गर्नेहरु सबै बेखबर भिडियो सहित

SHARE THIS POST :
ओरेक नेपाल विराटनगरले कानेपोखरीस्थित चिसाङ पुलमुनि कष्टकर जिवन बिताई रहेका आमा छोरीको उद्दार गरेको छ । मोरङको सुन्दरहरैचा की ५६ वर्षीया कुस्मी उराव र उहाँकी सुस्त मनस्थितिकी छोरी दयावतीले २०४५ साल देखि चिसाङ पुलमुनिको कष्टकर जिवन विताईरहेका थिए । रेबिजरोगबाट कुश्मिका पतिको २०४५ सालमा मृत्यु भएको थियो ।

सुकुम्बासी जीवन विताई रहेका कुश्मिका पतिको मृत्यु संगै समाजिकरुपमा समेत अपहेलित बनेपछि बेसाहारा बनेका आमा छोरीले पुलमुनीको बाँस रोजेका थिए । जब उनिहरुको यो दु्ःखमाथि हिमशिखर कर्मीहरुको आँख पर¥यो । कुश्मिको कष्टदायि जिवनका बारेमा समाचार प्रसारण भएपछि सरोकारवालाको ध्यान तानिएको हो । कानेपोखरी गाँउ पालिकाले जग्गा उपलब्ध गराई दिने भएपछि ओरेक नेपाल विराटनगरले कुश्मि आमा छोरीलाई घर बनाईदिने भएको छ ।
अर्काको जमिन अधियाँ गरेर जिवन चलाई रहेका उनिहरुको एउटैमात्र साहारा पतीको मृत्यु पछी उनिहरु १० औबर्ष देखी पुल मु्नी बस्दै आएका थिए ।

पतिको मृत्युपछि केहि समय मागेर आफ्नो र छोरीको पेट भर्नुभयो कुस्मीले । जंगलबाट टिपेका निगुरो र सालका पात बिक्री गरेर ओढ्ने र ओछ्याउने व्यवस्था गर्नुभएको थियो । अहिले ओरेक नेपालले रेस्क्यु गरेर ल्याएपछी उहाँ ढुक्क हुनुहुन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger