राष्ट्र बैङ्कको गत असोजमा प्रकाशित एक प्रतिवेदनअनुसार लागतकै कारण कतिपयले हुण्डीबाट पैसा पठाउन सहज मान्ने गरेका छन् । कुल ३ सय २० घरपरिवारमा गरिएको नमुना सर्वेक्षणमा ३.८ प्रतिशतले रकम पठाउँदा लाग्ने खर्चकै कारण औपचारिक प्रणाली प्रयोग नगरेको पाइएको थियो ।यो तथ्याङ्कलाई घटाउन ‘स्वदेश पैसा पठाउन महँगो हुने भएकाले कोरिया लगायतका मुलुकबाट आधाभन्दा बढी कामदारले हुन्डीमार्फत रकम पठाउने गरेको पाइएकाले त्यसलाई सहज बनाउन औपचारिक तरिका (रेमिट्यान्स कम्पनीहरू) बाट पैसा पठाउनेहरू घटअनौपचारिक क्षेत्रबाट आउने रेमिट्यान्सको वास्तविक अध्ययन नभए पनि यसमा वृद्धि भइरहेकोले औपचारिक बाटोबाट आउने रेमिट्यान्स घटेको
विगत १५ वर्षको अवधिमा रेमिट्यान्स भित्रने दरमा १३ गुणाले वृद्धि देखिए पनि वार्षिक वृद्धिदर घट्दो क्रममा रहेको छ ।आव ०७१/७२ मा वार्षिक रेमिट्यान्स भित्रने दरमा १३.६ प्रतिशत वृद्धि देखिएकोमा आव ०७२/७३ मा यस्तो वृद्धिदर ७.७ प्रतिशतमा सीमित भएको थियो । चालु आव ०७३/७४ को पहिलो दुई महिना रेमिट्यान्सको आप्रवाह कम भएको र नेपालबाट विदेश लाभांश भुक्तानी बढी भएकाले पनि देश घाटामा (शोधानान्तर घाटा) गएको थियो । चालु आवको आठ महिनामा भने देशमा भित्रिएको रेमिट्यान्सको वृद्धिदर ३.७ प्रतिशतमा सीमित भएको छ ।यसरी औपचारिक तरिकाबाट पैसा पठाउनेहरू घट्नु भनेको सरकार गरिब हुँदै जानु तर मान्छे धनी हुँदै जानु हो
त्यसैको कारणले गर्दा
गत असारमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रेमिट्यान्स पठाउदा लाग्ने शुल्क तथा कमिसन सरकारले नै व्यहोर्ने नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको थियोसमितिले बैङ्किङ प्रणालीबाटै रेमिट्यान्स भित्रने व्यवस्था सुनिश्चित गर्न पनि भनेको थियो ।यसैको कारणले आगामी बजेटबााट पैसा पठाउँदा पैसा नलाग्ने व्यवस्था सरकारले गर्न लागेको हो ।तपाईँले यसरी सहयोग गर्न सक्नुहुन्छपैसा पठाउँदा औपचारिक तरिकाबाट मात्र पठाउनुहोस् यसो गर्दा तपाईँले पैसा पठाउँदा तिरेको रकम सरकारको कमाइमा जान्छसरकारले बाटो घाटो तथा विकास निर्माणको कार्य त्यही पैसाले बनाउने होहुण्डी जस्तो अवैधानिक माध्यमबाट पैसा आफू पनि नपठाउनुहोस् अरूलाई पनि नपठाउन भन्नुहोस्
स्रोत : शुभ यात्रा
Post a Comment