Latest Updates :

धरान- जन्मदिन मनाएर प्रेमिकाको हत्या गरी शव पंखामा झुण्डाएको अवस्थामा फेला:

SHARE THIS POST :
धरान : धरानको भानु चोकनजिकै परेली होटेल एन्ड लजमा वेटर काम गर्दै आएकी भावना मगरको बुधबार बिहान हत्या भएको छ ।

मंगलबार धरान–८, भोटेपुलका प्रेमी प्रदीप शंकरसँग जन्मदिन मनाएर होटेलको ‘स्टाफ रुम’मा बसेकी भावनाको शव हत्या गरेको अवस्थामा फेला परेको हो । उदयपुर बेलका नगरपालिकास्थित रामपुर ठोक्सिला घर भएकी २४ वर्षीया भावना दुई वर्षदेखि होटेलमा काम गर्दै आएकी थिइन् ।

जन्मदिन मनाउन मंगलबार भावना प्रेमीसँगै बगरकोट गएको र राति होटेलमा फर्किएका उनीहरूबीच बिहान ४ बजेसम्म झगडा भइरहेको अर्की कामदार आशा राईले सुनाइन् ।

प्रेमीले उनको हत्या गरी शव पंखामा झुन्ड्याएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै चिकित्सकसहितको टोलीका साथमा घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले बताए।

भावनाको हत्यामा संंलग्न अभियुक्त शंकरलाई पक्राउ गरिसकिएको उनले जानकारी दिए । प्रहरीले होटेल सञ्चालक लीलाकुमार बस्नेतलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger