Latest Updates :

विस्फोटक पदार्थसहित चितवनमा चार जना पक्राउ!

SHARE THIS POST :

चितवन प्रहरीले विस्फोटक पदार्थसहित चार जनालाई आज पक्राउ गरेको छ । प्रक्राउ परेकाहरुबाट पाँच किलो विस्फोटक पदार्थ जिलेटिन र पड्काउन प्रयोग हुने विद्युतीय तार बरामद समेत फेला परेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनु भयो । पक्राउ पर्नेमा  तनहुँ रिसिङ–२ का अरुण गिरी, पर्वत पैयूँ–३ का दिवस भुसाल, माडी नगरपालिका–४ चितवनका रमेश श्रेष्ठ र माडी नगरपालिका–५ की टीका न्यौपाने रहेका छन् ।

पक्राउ पर्नेमध्ये भुसाल र गिरीलाई भरतपुर महानगरपालिका–७ पिपलचोकबाट पक्राउ गरिएको हो ।  यस्तै माडीबाट पक्राउ परेका श्रेष्ठ र न्यौपानेको साथबाट नेपाल कम्युनिष्ट पार्टीको दस्तावेज बरामद गरिएको छ । यसअघि विप्लपका दुई जना कार्यकर्तासहित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger