यस्तैमा नायिका रेखा थापाले ऋचालाई समर्थन गर्दै सञ्चारकर्मी डिबी खड्काको स्टाटसमा कमेन्ट लेखेकी छिन्, ‘ऋचाले भिडियोमा दर्शकलाई मूर्ख भनेको छैन । उनी समझदार महिला हुन् । के बोल्ने र के नबोल्ने उसलाई थाहा छ । एउटा महिलाको पछाडि लागेको देखेर मलाई अचम्म लागिरहेको छ । खै, उनीहरुबाट सामाजिक रुपान्तरणको पनि अपेक्षा थियो । तर, जोक्करभन्दा माथि नउठ्ने भए ।’
रेखाको यो जवाफलाई निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ‘धन्यवाद’ भनेकी छन् । अत्यन्त मिल्ने साथी दीपा र रेखाबीच अब ऋचाका कारण दुश्मनी सुरु भएको छ । रेखाले घुमाउरो पारामा ‘जोक्करभन्दा माथि नउठ्ने भए’ भन्ने आशय फिल्म ‘छक्का पञ्जा’ टीमलाई भनेको प्रष्टै हुन्छ । हेरौं, यसको प्रतिवाद ‘छक्का पञ्जा’ यूनिटले कसरि गर्नेछ ?
रेखासँगै केही कलाकारले ऋचालाई समर्थन गर्दै 'सत्य पनि बोल्न नपाइने भयो' भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

Post a Comment