Latest Updates :

दुखद समाचार: मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

SHARE THIS POST :
इलामको सुर्योदय नगरपालिका फिक्कलमा मोटरसाइकल दुर्घटनामा परि आज २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम चमैताकी २४ बर्सिया अस्मिता राई र ब्यास नगरपालिका तनहुका २८ बर्सिया सरद पौडेल रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।पौडेलको घटनास्थलमै र अस्मिता राइको उपचारको लागि झापाको बि एन्ड सि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
ग १२ प ४८३ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाइ फिक्कलको शिखर होटेल अगाडी बाटो क्रस गर्ने क्रममा पछाडिबाट आउदै गरेको मे १ ख १९४२ नम्बरको ट्रकले ठक्कर दिएको थियोे । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको छ ।

Share

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger