Latest Updates :

पढ्नै पर्ने मन छुने कथा !! युद्धको अधुरो प्रेम !! न त मैले जोगाएर राखेको मेरो प्रेम मेरो भयो न त जात भात छुवाछुतको विभेद अन्त्य भयो ।

SHARE THIS POST :
पढ्नै पर्ने मन छुने कथा !! युद्धको अधुरो प्रेम !! न त मैले जोगाएर राखेको मेरो प्रेम मेरो भयो न त जात भात छुवाछुतको विभेद अन्त्य भयो । जब कसैसंगको गहिरो प्यारमा चुर्लुम्म डुबिन्छ नि अनि संसार जितेको आभाष हुँदो रहेछ । हो म पनि पारुको प्यारमा यसरी डुबेको थिएँ । उन्को त्यो मधुर बोलिले मलार्इ उनी तर्फ खिचेको धेरै भयकै थिएन । स्कुल लेबलको पढाई सकेर म कलेज जोइन भयको थिएँ । संयोग भनौं या के भनौं कलेजको पहिलो दिन मै उनी संग परिचय भएको थियो । त्यहि दिन देखि म र उनी एक असल साथी भएका थियौं । कहिले हामी कफि सपमा हुन्थ्यौं त कहिले पार्कमा ।

असल साथिबाट हामीलाई प्रेमी प्रेमिका बन्न समय नै लागेन उमेर नै त्यस्तै भयर होला बिपरित लिङ्गीप्रतिको आकर्षण । समयको यो वहाव कति चाँडै वहँदो रहेछ । कति छिट्टै बितेको हो सायद माया भन्दा ठूलो केहि छैन जस्तो लाग्ने ती पलहरुमा रमिरहन मन लाग्ने, ती एकान्त ठाँउहरुमा ।

हाम्रो प्रेम यसरी झाँगिदै थियो तर हामिले आफ्नो भबिष्य भुलेका थिएनौं, पढाई पनि निरन्तर चलिरहेकै थियो । हामिले कक्षा बाह्रको परिक्षा दिएर बसेका थियौं । हाम्रो मायाको सुवाश अलि अलि हावामा मिसिँदै पारुको घरसम्म पुगेछ ।

पारुलाई घरमा धेरै गाली गर्नु भएछ । हाम्रो मायाको बाधक थियो मेरो जात । म सानो जात अझ स्पष्ट भनौं भने कथित ब्राह्मणहरुबाट हेपिएको म सानो जात मैले छोएको पानी कसैलाइ नचल्ने ।

हो म दमाईको छोरो पुर्खाले मेरो ललाटमा दलितको ट्याग झुन्ड्याई देको छ, वा परापूर्वकाल देखि चलेको रित मैले सिएको लुगा लगाउन हुने तर मैले गल्तिले छोएको बस्तु चिजहरुलाई सुनपानीले छर्केर चोखो हुने क्या गजबको दासत्व चलन कथित ठूला जात भनाउँदाहरुको शोषणले थिचिएको हो म दलित । सुन्दै जानूहोस् म आज दिल खोलेर सुनाउँछु ।

पारुको प्रेममा पौडीरहेको यो प्रेमिले कसरी कथित ब्राह्मणकि छोरीलाई बिहे गर्न के के संघर्ष गर्छ सुन्दै जानूस् । यो जातिय बिभेदले थिचिएको किचिएको अनि गहुँसंगै घुन पिसिन्छ नि हो म पनि त्यसरी नै पिल्सिएको हो, म दलित गरिब अनि पीडित पारु, सम्पन्न घरकी एक्लि छोरी सानो ठूलो जातको अनि धनी गरिब यो जालोमा नराम्रोसँग फस्यो हाम्रो मायाँ । म चाहन्थे समानता होस् सबै जातजाती बिच यो छुवाछूत अनि पुरानो सोचले ग्रसित हाम्रो समाजबाट हटोस् र हाम्रो प्रेममा कोहि बाधक नभैदियोस् तर यो सम्भब थिएन ।

कुनै सम्भावना नदेखे पछि म सर्बहाराको पक्ष लियर दुखी गरिब जनता अनि पीडित नारीको हकहितको लागि हतियार उठाएको तत्कालिन बिद्रोही उपमा भिराइएको माओवादी पार्टीमा प्रबेश गरें, केवल हाम्रो प्रेममा कोहि बाधक नभैदियोस् भनेर । अब म पनि सर्बहाराको पक्षमा उभिएँ हातमा हात काँधमा काँध मिलाएर ।

मलार्इ सुरुमै एउटा सेक्सन हेर्ने जिम्मा दिइयो । अब म एउटा साधारण गरिब दमाइको छोरो मात्र रहेन, एउटा सेक्सनको कमान्ड गर्ने सेक्सन कमान्डर भएँ । युद्ध उत्कर्षमा थियो मार्ने र मर्ने खेल यसरि चलेको थियो कि मान्छेहरुबाटै मान्छे त्रसित र भयवित हुन्थे ! म मान्छे मार्ने उद्देश्यले होइन यो जातभात र छुवाछुतले जकडिएको समाजलाई परिबर्तन गर्न युद्दको बाटो रोजेको थिएँ ।

पारुसंगै सल्लाह गरेर मैले पारुलाई अपनाउन क्रान्तिको बाटो रोजें, घर छोड्नु अघिल्लो रात पारुले आफ्नो टाउको मेरो काधमा राखेर भनेकी थिइन ‘सुवास हाम्रो प्रेम यो समाजले स्वीकार गर्दैन ! हाम्रो प्रेमलाई साकार गर्न अब हामीले क्रान्तिको बाटो रोज्नै पर्छ ! तिमी जाउ केहि समयपछी म पनि तिमिसंगै आउनेछु ।

क्रान्तिमै बिहे गरौंला र यो समाजमा एउटा नमुना जोडी बनौंला । हाम्रो प्रेमको पालुवा अंकुराउन अब क्रान्तिमा मात्र सम्भब छ । क्रान्तिमा होमिने दुवै जनाको सहमति भएपछी मैले घर छाडेको थिएँ !

घर छोड्नु अघिल्लो रात पारुले आफ्नो टाउको मेरो काधमा राखेर भनेकी थिइन ‘सुवास हाम्रो प्रेम यो समाजले स्वीकार गर्दैन ! हाम्रो प्रेमलाई साकार गर्न अब हामीले क्रान्तिको बाटो रोज्नै पर्छ ! तिमी जाउ केहि समयपछी म पनि तिमिसंगै आउनेछु । क्रान्तिमै बिहे गरौंला र यो समाजमा एउटा नमुना जोडी बनौंला ।

पारुलाई अपनाउने सपना बोकेर घर छाडेको महिनौ दिन भयो बर्ष बिते, आक्रान्त परिवेशले पारुसंगको दुरी बढेर गयो, थुप्रै लडाइँहरुको अग्रमोर्चाको भूमिका निर्बाह गरेपछी म एकैचोटी प्लाटुन कमान्डरको जिम्मेवारीमा पुगें, दुरी नै बढे पनि पारु प्रतिको प्रेममा रतिभर पनि बिचलन आएको थिएन ।

लामो समयपछीको मेरो नाममा पारुको पत्र मेरो हातमा आइपुग्यो ! उस्तै शिष्टता र प्रेम बुनेर पठाइएको पत्र थियो ।

प्रिय पारु, जनताको दुखको जिवन बदल्ने यो महासमरमा साथ दिने तिम्रो प्रतिबद्धतालार्इ सलाम, पत्र पाएपछी खाना खादैछौ भने खाना खाएर हात धोइसकेपछी हात नचिसिदै भए पनि त्यहाँको स्थानिय कार्यकर्ताको सम्पर्क हुँदै यो महासमरमा होमिने तिमि एक बहादुर प्रेमिका हुनेछौ, तिमिसंगै छिट्टै भेट्ने आशासहित यो पत्रमा यत्तिनै ।

छोटो व्यहोरा सहितको पत्र पारुको नाममा पठाएँ । युद्ध उत्कर्षमा थियो, पत्र पाइसकेपछी उनले घर छाडिन् भन्ने खबर पाएँ । खुशीको सिमा नै रहेन । अब पारुसंग जनबादी बिहे छिट्टै हुन्छ भन्ने बिश्वाशले म दृढ बनिरहें । पारुले घर छाडे पनि हाम्रो भेट लामो समय हुन सकेन !

म म्याग्दी लडाइँको मोर्चामा सामेल भएँ र लडाइँमा मेरो खुट्टामा गोलि लाग्यो र म घाइते भएँ, घाइते भएर ओच्छ्यानमै थलिएको बेला पारुको नामको पत्र आयो ! “सुवाश मलार्इ माफ गरिदेउ म बटालिएन कमान्डर पहाडको प्रेममा परें, दुश्मनको पन्जामा परेको बेला आफु लडेरै पनि मलाई नछोडेर पहाडले मलार्इ जिवन उपहार दिए र त्यहि बदलामा मैले उनलाई प्रेम दिएँ, तिमि यति सुन्दर छौ अरु नि पाइहाल्छौ, आफ्नो जिन्दगि नयाँ प्रेमबाट सुरु गर !”

म घाइते भएँ, घाइते भएर ओच्छ्यानमै थलिएको बेला पारुको नामको पत्र आयो ! “सुवाश मलार्इ माफ गरिदेउ म बटालिएन कमान्डर पहाडको प्रेममा परें, दुश्मनको पन्जामा परेको बेला आफु लडेरै पनि मलाई नछोडेर पहाडले मलार्इ जिवन उपहार दिए र त्यहि बदलामा मैले उनलाई प्रेम दिएँ, तिमि यति सुन्दर छौ अरु नि पाइहाल्छौ, आफ्नो जिन्दगि नयाँ प्रेमबाट सुरु गर !”

लडाइँमा लागेको गोलिको पिडा त के पिडा थियो र मलार्इ पारुले दिएको धोकाको पिडा झन् गहिरो गरि दुख्यो, म दुखिरहें जुन प्रेम प्राप्तिको निम्ति मैले घर र समाज छोडें त्यहि प्रेम मेरो आज हुन सकेन ।

धेरै समयपछिको पिडा पछी म सम्हालिएँ ! पारु र पहाडविच जनबादी बिहे भएको खबर सुनें । जातपात र छुवाछुतको विभेद मनै देखि अन्त्य गर्न हिँडेकी, तिम्रो मनबाट जातको विभेद हट्न सकेनछ, उच्च जात नै रोजेछ वाह पारु ! पत्र लेखें तर खै किन पठाउन मन लागेन ।

युद्धबाट शान्ति प्रक्रियामा अवतरण गरियो र युद्ध लड्ने हामिहरु अस्थायी शिविरमा कैद गरियौं ! केहि बर्ष अस्थायी शिविरको बसार्इ पछी सेना समायोजनको प्रक्रिया अगाडी बढ्यो । पहाड नेपालि सेनाको मेजर भए भने पारु अवकासमा निस्कीइन् मेरो गोलि लागेको घाइते खुट्टाले गर्दा समायोजन हुने बाटो बन्द भयो र केहि लाख लिएर म अवकासमा निस्किएँ ।

युद्धमा त्यसरी ज्यान जोखिममा राखेर रगत बगाउने हामिहरु अयोग्य भएर बाहिर फालियौं । पारुको बिहेको खबर पछी उनिसंग कहिल्यै भेट भएन । देशमा गरिखाने वातावरण केहि नभएपछी विदेशिने निर्णय गरें र साउदी अरबको भिजा लगाएँ ।

अवकासमा निस्किए पछी धेरै समय बेरोजगारी भएर बसें । देशमा रोजगारीको वातावरण थिएन । युद्धमा त्यसरी ज्यान जोखिममा राखेर रगत बगाउने हामिहरु अयोग्य भएर बाहिर फालियौं । पारुको बिहेको खबर पछी उनिसंग कहिल्यै भेट भएन । देशमा गरिखाने वातावरण केहि नभएपछी विदेशिने निर्णय गरें र साउदी अरबको भिजा लगाएँ ।

न त मैले जोगाएर राखेको मेरो प्रेम मेरो भयो न त जात भात छुवाछुतको विभेद अन्त्य भयो । त्यति धेरै बलिदानी र मेरो प्रेम सब् खेर गयो । अहिले खुट्टामा लागेको गोलि सहितको घाइते शरिर लिएर साउदी अरब पराया भूमिमा चौकीदारी गरिरहेछु । हेर्न मन लाग्छ पारुलाई कहिलेकाहीँ फेसबुकमा साथी नभए पनि सर्च लिस्टको पहिलो नम्बरमा पारुकै नाम छ । अहिले पारु बच्चाको आमा भएकी छिन् अनि मेजर पहाडकि श्रीमती ।


साभार : http://atozkhabar.net/2017/11/22/gc/
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger