Latest Updates :

ट्रम्पको आरोप उत्तेजकः उत्तर कोरिया

SHARE THIS POST :

सोल, दक्षिण कोरिया, ६ मङसिर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा पुन राखेकोमा प्रतिक्रिया दिँदै यसलाई गम्भीर उत्तेजना फैलाउने अभिव्यक्ति भनेको छ ।

उत्तर कोरियाले अमेरिकाद्वारा भएका यसखालका प्योङयाङ विरोधी अभियाननै आफ्नो मुलुकको आणविक कार्यक्रम विकासका लागि आवश्यक रहेको जनाएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्थाले अधिकारीहरूलाई उद्धृत गरी बुधवार भनेको छ,“ प्योङयाङको आतङ्कवादसँग कुनै सम्बन्ध नरहेको र अमेरिकाले हामीलाई आतङ्कवादलाई सघाउने मुलुकको सूचिमा राख्नु वा नराख्नुले कुनै अर्थ राख्दैन ।”

समाचारमा भनिएको छ, “अमेरिकाको उत्तर कोरियालाई आतङ्कवादी गतिविधि सञ्चालन गर्ने मुलुकको सूचीमा राख्ने निर्णय र अमेरिकी विरोध प्योङयाङका लागि आणविक हतियार निर्माण गर्ने बलियो आधार रहेको छ ।”

कोरियाली विज्ञहरूले आफ्नो मुलुकलाई आतङ्कवादलाई सघाउने भन्दै पुनः कालो सूचीमा राख्ने निर्णयले सीमित व्यवहारिक प्रभाव पार्ने तर यसले आणविक हतियार कार्यक्रमलाई स्थगित गर्न समस्या निम्त्याउने बताए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger