Latest Updates :

इजिप्टमा भएको बम हमलामा परी मृत्यु हुनेहरुको संख्या ३०५ पुग्यो

SHARE THIS POST :
कायरो, ९ मङसिर , इजिप्टको एउटा मस्जीदमा भएको बम हमलामा परी मृत्यु हुनेहरुको संख्या ३०५ पुगेको छ ।

मृत्यु भएका मध्ये २७ जना बालबालिका रहेको र अरु १२८ जना घाइते भएको सरकारी संचार माध्यमहरुले शनिबार जनाएका छन् ।घटनामा परी घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।

घाइतेहरु मध्ये केहीको अवस्था अझै पनि जटिल रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।आतङकबादीहरुले इजिप्टको उत्तरी क्षेत्रमा पर्ने सिनाईमा रहेको एउटा मस्जीदमा शुक्रबार बम र गोली प्रहार गरेका थिए ।

हरेक शुक्रबार साप्ताहिक प्रार्थनाका लागि मुस्लीम धर्माबलम्वीहरू ठूलो संख्यामा मस्जीदमा भेला हुने गर्दछन् ।आक्रमणकारी आइएस लडाकूहरूले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेर हिंसात्मक हमला गरेका हुन् ।

हमलापछि सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ भने नागरिकहरु त्रसीत अवस्थामा रहेको समाचारमा जनाइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger