पहिले जानौँ को हुन् क्राउन प्रिन्स मोहम्मद बिन सलमान ?
सलमानको जन्म ३१ अगष्ट १९८५ मा भएको थियो । उनी तत्कालिन साउदी राजकुमार सलमान बिन अब्दुल अजीज अल सउदीकी तेस्रो पत्नी फहदाह बिन फलह बिन पलह बिन सुल्तानका जेठा छोरा हुन् ।
साउदी अरबको राजधानी रियादको किंग सउदी विश्वविद्यालयबाट कानुनमा डिग्री हासिल गरेका सलमानले धेरै सरकारी संस्थामा सेवा गरिसकेका छन् । सन् २००९ मा आफ्नो पिताको विशेष सल्लाहकार नियुक्त हुँदा उनी रियादका गभर्नर थिए । सन् २०१३ मा सलमान जब क्राउन प्रिन्स कोर्टका मुखिया छनौट भए तब उनको सत्ताको सिँढी चढ्ने क्रम सुरु भयो । मुखिया भनेको साउदीमा मन्त्री सरहको पद हो । यसैगरी सन् २०१५ मा उनका पिता साउदीको राजा बनेपछि सलमानको प्रभाव देश भित्र र बाहिर पनि बढ्न थाल्यो ।
अहिले ३१ वर्षीय सलमान विश्वकै अग्रणी तेल निर्यातकर्ता देशका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छन् । उनले 'भिजन २०३०' को घोषणा गर्दै साउदीमा सामाजिक र आर्थिक परिवर्तनकालागि परम्परा तोडेर ठूला ठूला निर्णय लिएका छन् ।
मोहम्मद बिन सलमानले यसअघि साउदीका महिलालाई सवारी चालक अनुमति दिने निर्णय गरिसकेका छन् । यसैगरी साउदीमा पर्यटक आकर्षित गर्न 'बिच रिसोर्ट' संचालन गर्न दिने र युवतीहरुले पनि सो क्षेत्रमा अर्धनग्न भएर सामुन्द्रिक सुन्दरताको मजा लिन पाउने व्यवस्थाको घोषणा गरिसकेको छ ।
पछिल्लो समय साउदी सरकारले महिलालाई अर्को नयाँ सुविधा वा अधिकार प्रदान गरेको छ त्यो हो, रंगशालासम्मको पहुँच । यो सरकारी निर्णय अनुसार अब साउदी महिलाले रंगशालामा गएर खेल हेर्न पाउने छन् । यसअघि स्टेडियममा जाने अधिकार पुरुषलाई मात्रै थियो । महिलाले घरमै वा क्याफेतिर टेलिभिजनमा मात्रै खेल हेर्नु पर्ने बाध्यता थियो ।
पछिल्लो सरकारी निर्णय अनुसार अब भने महिलाले स्टेडियमसम्म गएर खेल लाइभ हेर्न पाउने छन् । तर स्टेडियममा खेल हेर्न जाँदा परिवारका सदस्य साथमा भने हुनै पर्नेछ ।
Post a Comment