एजेन्सी : तस्वीरमा देखिएका यी बालकको खोजीमा पूरै सरकार लागिपरेको छ । फिलिपिन्सको भनिएको यो फोटोमा देखिएका यी बालक को हुन् भन्ने अझै पत्ता लागेको छैन । फिलिपिन्स सरकारले यी बालकको खोजि निकै मेहनतका साथ गरिरहेको छ । सामाजिक संजालमा पछिल्लो समय यी बालकको चर्चा बढिरहेको छ । यी बालकको फोटो फिलिपिन्सकी हिरोइन शेरोन कुनेटाले इन्स्टाग्राममा शेयर गरेकी थिइन् । त्यसलगत्तै दुई दिनमै यो फोटोमा ३६ हजार लाइक र ५ सय भन्दा बढी कमेन्ट आएका थिए ।
शेरोन कुनेटाले फाटो शेयर गर्दै लेखेकी थिइन् ‘म यी बालकको सबै तरकारी किनेर यिनलाई स्कुल पठाउन चाहन्छु । कसैले मलाई उनको ठेगाना बताइदिन सक्नुहुन्छ ?’उनले फोटो शेयर गरेसँगै अहिले फिलिपिन्स सरकारले पनि यी बालकको खोजी गरिरहेको छ । सरकारले यी बालकलाई भेटेर सहयोग गर्न खोजिरहेको जनाएको छ ।
सोसल मिडियामा शेयर भएसँगै अहिले यी बालकको फोटो निकै भाइरल भइरहेको छ । नेपालकी तरकारीवाली भाइरल भएजस्तै यी बालकको फोटो पनि निकै शेयर गरिएको छ ।
Post a Comment