Latest Updates :

अब सिर्जना पनि प्रचण्डसँगै लाजिम्पाट बस्ने

SHARE THIS POST :
काठमाण्डु, ४ मंसिर– प्रकाश दाहालको असामयीक निधनपछि यतिबेला उनको परिवार शोकमा छ । प्रकाशको निधनले बाबु प्रचण्ड, आमा सीता, श्रीमतीहरु सिर्जना त्रिपाठी र बिना मगरलगायत आफन्त, ईष्टमित्र तथा शुभचिन्तकमा गहिरो चोट पुगेको छ ।

तस्बिरमा दुई व्यक्तिको हात समाउँदै गरेका प्रकाशपुत्र प्रसिद्ध र उनका पछाडि श्रीमती सिर्जना ।

प्रकाशलाई आर्यघाटमा दागबत्ति दिइसकेपछि भने धेरैले उनका दुई श्रीमती र छोराबारे विभिन्न अड्कलबाजी गर्न थालेका छन् । त्यसो त बिनाभन्दा पनि अब सिर्जना के गर्लिन ? भन्ने धेरैको चासो छ । यसैबीच काठमाण्डु टुडेले सिर्जना प्रचण्डको आग्रहमा अब लाजिम्पाटमै बस्ने भएको सूचना प्राप्त गरेको छ ।

प्रकाश दाहालको निधनपछि नर्भिक पुगेकी सिर्जना उनको पार्थिव शरीर देखेर बेहोस भएकी थिइन् । नर्भिकमै उपचारपछि उनको होस खुल्यो र उनी अन्त्येष्टीमा सहभागी हुन पशुपति आर्यघाट पुगिन् । त्यतिबेलासम्म प्रचण्डले सिर्जनालाई लाजिम्पाट लाने व्यवस्था गरिसकेका थिए । र, सहयोगका लागि माओवादी नेता डिलाराम आचार्यलाई अनुरोध गरियो । काठमाण्डु टुडेसँग कुरा गर्दै डिलाराम भन्छन्, ‘लाजिम्पाटबाटै सिर्जनाका लागि गाडीको व्यवस्था गरिएको थियो । आर्यघाटमा प्रकाशको अन्त्येष्टीपछि मैले नै उनलाई गाडीमा हालेर पठाएको हुँ ।’

प्रकाश र सिर्जनाको ०६४ माघ ३ गते बिहे भएको थियो । उनीहरुका एक छोरासमेत छन्, प्रसिद्ध । तर, पछि प्रकाशले बिनासँग बिहे गरेपछि सिर्जना पोखरामा बस्दै आएकी थिइन् । तर, उनीहरुको सम्बन्धबिच्छेद भने भएको छैन ।kathmandutoday

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger