Latest Updates :

फेरी अर्को दुखद खबर ! मिनिट्रकको ठक्करबाट शनिबार एक बालिकाको ज्यान गयो

SHARE THIS POST :
भक्तपुर, कात्तिक १८ – भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा मिनिट्रकको ठक्करबाट शनिबार एक बालिकाको ज्यान गएको छ । अनटेष्ट लेखिएको मिनिट्रकले पछाडि ब्याक गर्नेक्रममा सडक छेउमा खेलिरहेकी रामेछाप गोठपानी-७ घरभई बालकोट बस्ने ३ वर्षकी तपस्या श्रेष्ठको ज्यान गएको हो ।
ठक्करबाट घाइते बालिकाको उपचारको क्रममा किष्ट अस्पताल ललितपुर लगिएकोमा उपचारकै क्रममा ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । प्रहरीले चालकसहित मिनिट्रकलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन अगाडि बढाएको उहाँले बताउनुभयो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger