Latest Updates :

गोरखामा भत्केको घरमा भेटिएको बोरा खोलेर हेर्दा प्रहरी चकित !

SHARE THIS POST :

गोरखा : गोरखामा एक बोरा सुतली बम भेटिएको छ। सिरान्चोक गाउँपालिका ७ पाण्डेगाउँको एक घरमा बोराभरी बम भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। दिउँसो तीनबजे एक भत्केको घरमा बोराभरी शंकास्पद वस्तु देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

पुराना भाँडा गालेर मूर्ती बनाउने मधेसी मूलका टोलीले भत्किएको एक घरभित्र बोरामा राखिएको अवस्थामा वम भेटेका हुन्।

२०५६ सालमा छाडेर बसाईं गएका गणेशकुमार पाण्डेको घरमा बम भेटेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। ‘पुराना भाँडा गालेर मुर्ती बनाउने मधेसी टोली आएको रहेछ’ रिजालले भने ‘मूर्तीहरु बनाउन भत्किएको घरमा पनि पुराना भाँडाकुँडा खोज्दा बोरामा तार जोडिएका फलामका डल्ला फेला पारेका रहेछन्।’ बमलाई त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

बोराभरी रहेकाले कतिसंख्यामा छन् भन्ने बारे यकिन नभएको प्रहरीले जनाएको छ। सो बम नेपाली सेनाको टोलीले शुक्रबार निस्क्रिय बनाउने प्रहरी उपरीक्षक प्रकास अधिकारीले जानकारी दिए।‘आज साँझ परिसक्यो। सेनाको डिस्पोजल टोली त्यहाँ पुग्न समय धेरै लाग्ने भएकोले शुक्रबार बिहानै गएर थप कामकारबाही अघि बढाउँछ’,एसपी अधिकारीले भने।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger