जरीन खानले आफ्नो यो फिल्मलाई अश्लिल बताएपछि उनको फिल्मका निर्माता नरेन्द्र बजाजसँग टकराव सुरु भएको छ । जरीनका अनुसार, उनलाई यो कुराको आश्वासन दिइएको थियो कि 'अक्सर २' राम्रोे फिल्म हुनेछ तर हरेक सिनमा उनलाई कमभन्दा कम कपडा लगाउन भनियो ।
जरीनको यो अभिव्यक्तिपछि फिल्मका प्रड्यूसर निकै दुखी भएका छन् र अब उनले जरीनलाई कोर्टसम्म लैजाने सोच बनाएका छन् । बजाजका अनुसार, जरीनसँग पहिले नै फिल्मको कथावस्तुको विषयमा लामो समय चर्चा भएको थियो तर त्यसबेला उनले कुनै प्रश्न उठाएकी थिइनन् ।
यो पहिलो पटक होइन फिल्म 'हेट स्टोरी ३' मा पनि दर्शकले जरीनको बोल्ड अवतार देख्न पाएका थिए ।
Post a Comment