Latest Updates :

यसरि जित्नुहोस एक-अर्काको मन

SHARE THIS POST :
एक-अर्काको सम्मान गरौं ः भावनात्मक सम्बन्ध प्रेमका लागि ओखती हो, जसले प्रेमलाई जीवन्त तुल्याउँछ, अरूलाई सम्मान गर्न नजान्नेले सम्मान पाउँदैन। सबैको व्यक्तिगत जीवन हुन्छ उसको भावना एकजनासँग मात्र होइन कि अरूसँग पनि गाँसिएको हुन सक्छ। त्यसैले प्रेममा एक-अर्काको मन जित्नु आवश्यक हुन्छ। समानताको भावना भएको प्रेमनै उत्कर्षमा पुग्नसक्छ।

एक-अर्कालाई समय दिऊँ ः यदि कसैले बिरुवा रोपेको छ भने त्यसमा मलजल गर्नु पनि आवश्यक हुन्छ। होइन भने त्यो बिरुवा सुकेर जान्छ। कसैले कसैको भावना बुझ्न केही समय माग्नु कदापि अनुचित हुन सक्दैन। यसले आफूलाई पनि राम्रो महसुस हुन्छ। साथीले आफ्नो भावना साट्न सकेमात्र एक-अर्काको मन जित्न सकिन्छ।

स्पेस दिऊँ ः प्रेमी वा प्रेमिकाको एक अर्कासँग टाँसिइरहने स्वभावको नकारात्मक असर पनि हुनसक्छ। प्रत्येक व्यक्तिको निजी जीवन हुन्छ। त्यसैले उनीहरूको इच्छा जसलाई उनीहरूले आफै पूरा गर्न चाहन्छन्, पूरा गर्न दिनुपर्छ। यदि कसैले साँचो अर्थमा आफूलाई प्रेमी मान्छ भने उसले आफ्नो साथीलाई पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्छ।

उपहार दिऊँ ः साँचो प्रेमले जीवनमा सानोतिनो खुसी ल्याइरहन्छ। त्यसलाई यादगार बनाउन एक-अर्कालाई उपहार दिनुपर्छ। उपहार प्रेमी-पे्रेमिकाले बिताएको खुसीको प्रत्यक्षदर्शी हुन्छ। उपहारले सम्बन्धलाई प्रगाढ बनाउँछ अनि मनको मैलो हटाउँछ।

प्रशंसा गरौं ः प्रशंसा गर्नु मानिसको सकारात्मक व्यक्तित्वको पहिचान पनि हो। एकजना साथीले गरेको प्रशंसाले अर्को साथीलाई आकषिर्त गर्छ।

मन जितौं ः याद राखौं प्रेमी पनि एउटा मानिस नै हो। उसबाट गल्ती हुनु स्वाभाविक हो। उसका सानातिना गल्तीलाई नजरअन्दाज गर्दै उसको मन जित्नुपर्छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger