Latest Updates :

गुप्ताङ्गको भित्री पोसाकमा एसिड लुकाएर रुपा मतदान केन्द्र पुगे पछि…

SHARE THIS POST :

काठमाडौँ, मंसिर ११ – प्रदेश र प्रतिनिधि सभाको पहिलो चरण अन्तर्गत आइतबार निर्वाचन हुँदै गर्दा पश्चिम रुकुमका दुई मतदान केन्द्रका मतदान स्थगित गर्नुपर्ने परिस्थिति सिर्जना भयो। यसको कारण थियो, मतपेटिकामा एसिड हालेर जलाइनु।

यसमध्ये बाँफीकोट गाउँपालिका–३, हिमालय मावि ‘ख’ केन्द्रमा समानुपातिक र आठबिसकोट नगरपालिका–११ गत्तासैनास्थित रत्ना निमाविमा २१ मंसीरमा पुन: निर्वाचन हुने भएको छ।

पश्चिम रुकुमकै आठबिसकोटको घटनामा पनि एकजना पक्राउ परेका छन्। तर त्यस सम्बन्धी धेरै जानकारी मैले पाएको छैन। नियन्त्रणमा रहेका शंकास्पद व्यक्तिसँग त्यहाँस्थित प्रहरी इकाइले त्यसबारे छानविन गरिरहेको छ।

आठबिसकोट–३ हिमालय मावि ‘ख’ मतदान केन्द्रमा चाहिँ प्रहरीको सावधानीका कारण एसिड लैजाने व्यक्ति पक्राउ परेकाले मतपेटिका जल्नबाट बचेको छ। एसिड बोकेर जाने रुपा बिकलाई प्रहरीले पक्राउ गरेको छ। र, उनीसँग एक चरणको सोधपुछ पनि गरेको छ।

रुपाले निकै चलाखीपूर्वक मतपेटिकामा एसिड हाल्ने योजना बनाएकी रहिछन्। मतदान गर्न जाँदा उनको हातमा केहीपनि थिएन। मतदान गर्न जानुअघि अरुलाई झैं रुपाको पनि शरीरको सामान्य खानतलासी लिइएको रहेछ। तर केही भेटिएन।

तर मतपत्र लिइसकेपछि छाप लगाएर जब मतपेटिकामा मतपत्र खसाल्ने बेला भयो, उनको हर्कत असामान्य देखियो। त्यसपछि प्रहरीहरुले उनलाई नियन्त्रणमा लिए। खासमा उनले मतपेटिकामा एसिड हाल्न खोजेकी रहिछन्। कति चलाखीपूर्वक तरिका अपनाइएको रहेछ भने, हामीपनि छक्क परेका छौं।

पश्चिम रुकुमका प्रहरी प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमला
एसिड भनेको त तरल पदार्थ हो। त्यसको प्रयोग वा दुरुपयोग गर्ने विधि भनेको एसिडको रुपमा रहेको तरल पदार्थ खन्याइदिने हो। तर, त्यसको प्रयोग गर्ने विभिन्न तरिका हुँदोरहेछ। रुपाले हो त्यही बैकल्पिक विधि अपनाएकी रहिछन्।

त्यो के भने, विशेष प्रकारको पाउडरमा एसिड हालेर सम्बन्धित ठाउँमा त्यसको प्रयोग गर्न सकिँदो रहेछ। पाउडरमा एसिड हालेपछि त त्यसलाई सानो प्लाष्टिक वा सीसाको बोतल वा अरु कुनै सानो भाँडोमा राखे भैहाल्यो।

पूर्णरुपमा तरल पदार्थको रुपमा रहेको एसिडले जसरी तत्काल असर गर्छ, यसरी पाउडरमा राखेको एसिडले तत्काल असर त पुर्‍याउन सक्दैन। तर केही क्षणपछि चाहिँ त्यसले असर पुर्‍याउन थाल्छ।

सम्भवतः दुई मतदान केन्द्र, जहाँको मतदान स्थगित गर्नु परेको छ, त्यहाँपनि यसैगरी एसिड प्रयोग गरिएको हुनुपर्छ।

रुपाले एसिड मिसाइएको पाउडर त्यसरी नै शरीरको संवेदनशील भागमा लुकाएकी रहिछन्।

मतपेटिकामा मतपत्र खसाल्ने बेला जब उनको हर्कत असामान्य देखियो, त्यसपछि प्रहरीहरुले उनलाई पक्राउ गरे। रुपालाई पक्राउ गरेका प्रहरी सहकर्मीहरुले बताए अनुसार उनको साथमा रहेको एसिड पाउडर संवेदनशील अंगको भित्री पोशाकमा राखिएको रहेछ।

धन्न, उनलाई समयमै पक्राउ गरिएकाले त्यो मतदान केन्द्रको मतपेटिका जोगिन सक्यो। रुपालगायत मतदान केन्द्रमा पक्राउ परेका अन्यसँग प्रहरीले छानविन जारी राखेको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger