नयाँ दिल्ली / भारतले ‘ब्रह्मोस’ मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । बुधबार सुखोई लडाकु नामक जहाजबाट ब्रह्मोस मिसाइलको सफल परीक्षण गरेको हो । यसअघि स्थल र जलमा सफल परीक्षण गरिएको उक्त सुपरसोनिक क्रुज मिसाइल ब्रह्मोस भारत र रसियाले संयुक्त रुपमा परीक्षण गरिसकिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार ब्रह्मोसको लडाकु जहाजबाट प्रहार गर्ने परीक्षण पनि सफल भएपछि भारतसँग पनि अब ‘ट्रायड’ मिसाइल अर्थात स्थल, जल र आकासबाट प्रहार गर्न सकिने मिसाइल उपलब्ध भएको छ ।
ब्रह्मोस विश्वको सबैभन्दा तीव्र गतिको सुपरसोनिक मिसाइल भएको भारतले दाबी गरेकाे छ जसको गति २.८ ध्वनीको गति बराबर छ । यो मिसाइलको प्रहार क्षमता २ सय ९० किलोमिटर छ र यसले ३ सय किलोग्रामसम्म युद्ध सामग्री बोक्न सक्छ ।
Post a Comment