Latest Updates :

प्रकाश दाहालको निधनको कारण हृदयघात होईन – बिशेषज्ञ

SHARE THIS POST :
काठमाण्डौ । नर्भिक अस्पतालका मुटुरोग विभाग प्रमुख एवं वरिष्ठ मुुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले प्रचण्डपुत्र प्रकाश दाहालको निधनको कारण हृदयघात भन्न नमिल्ने बताएका छन् । डा. भट्टले दाहालको अस्पताल ल्याइपुर्याउँदा मृत्यु भैसकेकाले कुनै उपचार गर्न नसकिएको जानकारी दिए । उ

नले दाहालको मृत्युको कारण हृदयघात नै हो भन्न नमिल्ने पनि स्पष्ट पारे । उनले भने ‘उहाँको अस्पताल ल्याउँदा मृत्यु भैसकेको थियो ।यो ब्राउट डेड हो । अब पोष्टमार्टम पछिमात्र आधिकारिक कारण थाहा हुन्छ । त्यसैले हृदयघात कारक हो भन्न मिल्दैन ।’

नर्भिक अस्पतालका प्रेस संयोजक आर पी मैनालीका अनुसार बिहान साढे ५ बजे प्रकाशलाई नर्भिक अस्पताल पुर्याइएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरेका थिए । उनको मृत्यु कुन रोग वा कसरी भएको भन्ने बारेमा डाक्टरहरुले आफूलाई केही जानकारी नदिएको मैनालीले बताए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger