Latest Updates :

प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ ।

SHARE THIS POST :

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालले अब कहिल्यै फेसबुक चलाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ ।

यो पनि पढ्नुहोस् -  वैज्ञानिकको दावी यी ७ चिजले दिनेछन तपाईलाई सफलता र खुशी
संयोग पनि कस्तो ! मृत्युपूर्व अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राख्न भ्याएका छन् ।

prkash dahal

कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेकाे मानिसकाे तस्वीर श्यामश्वेत बनाउने चलन छ ।

यो पनि पढ्नुहोस् -  कलिलैमा असुरक्षित सेक्स , अनि कलिलैमा उमेर मा एबोर्सन
आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए ।

prkash dahalदाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहा उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger