लिपिष्टकले रात्तिएका ओठबाट बिन्दास जवाफ निस्क्यो – “सिंगल, टोटल्ली फ्रिडम । मस्त जिन्दगी !”मलाई मनमनै लाग्यो, केटी मज्जाकी नै हो । मान्छे पनि सारै नै सुन्दरी हो ।
चल्तीका मोडल र नायिकाहरुको भन्दा कुनै पनि कुरामा कम लागेन । मुहार धपक्कै बलेको छ । केश लामो छैन त के भो ? सर्लक्कको छ । आँखा पनि डोलमडोल कति राम्रा ? नाक पनि खास खोट लगाउने ठाउँ नै भेटिन् ।
मान्छे सिनित्त परेकी छे । तर कर्लगर्ल हो भन्ने सत्य दिमागमा आउँदा साथ झसंग भएँ ।
मुस्ताङचोकमै आएपछि ट्याक्सी रोकियो । मैले दुवैको भागको पैसा दिन खोज्दै थिएँ, युवतीले रोकी । र, भनी – “नो, नो, फिप्टी फिप्टी !” युवतीको हातबाट दुईसय र मबाट पनि उत्तीकै पैसा समातेर ड्राइभरले ट्याक्सी अगाडि बढायो ।
ट्याक्सी गईसकेपछि युवतीले मतिर हेर्दै भनी – हतार छैन भने हिड्नुस, मेरो डेरामा । खाना खाएर निस्किनुहोला !मोबाइलमा हेरेँ, साढे नौ बज्दै थियो । केही नबोली उसको पछिपछि लागेँ ।
Post a Comment