त्यसमाथि राप्रपा प्रजातान्त्रिकले रेखा थापालाई टिकट दिएको छ । थापाविरुद्ध पुनको चर्को चुनौती त छ नै, अब थपिनीको समेत चुनौती थपिदा गगन थापा माखेसांग्लोमा फस्न पुगेका छन् ।
असाध्यै राम्रो भाषण गर्ने कला भएका गगन थापाले कृषकलाई वैदेशिक अनुदान दिने नाममा मोटो रकम आफैले कुम्ल्याएर किसान बनेको आरोप छ । यो कुराको पोल यही चुनावमा खुल्यो भने गगन थापालाई अफ्ठ्यारो पर्ने खतरा छ ,भन्छन् कांग्रेसीहरु नै ।
यद्यपि नन्दबहादुर पुनलाई गगन थापाले हराइसकेका हुन् तर नन्दका छोराले गगनलाई हराउन नसक्ने भन्ने छैन । सिंगो वाईसिएल, माओवादी र एमालेको लस्करले गगनलाई गंगटाले चेपेझैं चेप्ने निश्चित छ ।
त्यसमाथि प्रजातान्त्रिककै भोट काट्न रेखा थापाले राजनीतिक महाभारतमा होमिएको खबरले गगनलाई झन बढी चिन्तित तुल्याएको गगनका निकटहरु बताउन थालेका छन् । यद्धपि तुलनात्मक रुमा गगन थापानै बलिया उमेदवार हुनेछन् ।
Post a Comment