Latest Updates :

ललितपुर अदालत भित्रै हाकिम र अबिबाहित युवती कर्मचारीसँग यौन सम्बन्ध राखेको भिडियो सिसिटिभीमा कैद भए पछी...

SHARE THIS POST :
ललितपुर, १८ साउन । अदालत भित्रै अबिबाहित युवतीसंग यौन सम्बन्ध राखेको सनसनीपूर्ण खबर आएको छ ।

भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायलय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ । न्याय दिने निकाय न्यायलयमित्रै अस्थायी, करार र अविवाहित युवती कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुँदो रहेछ भन्ने कुराको बलियो प्रमाण हो यो । एउटा करारमा रहेको कर्मचारीको निम्ति काठमाडौंको बसोबासलाई आर्थिक रुपले धान्न कति गाह्रो हुन्छ सबैलाई थाहै छ ।

यही विवशताको लाभ लिँदै खुशी पार्नु पर्ने हाकिमले तिनीहरुको यौन शोषण गर्ने गरेका छन् । तर, कुरा त्यसबेला बाहिर आयो जब उनीहरुले कार्यलयमा अगाडि नै फिट गरिएको सिसिटिभीलाई हेक्का नराखी आफ्नो यौन लिलालाई पूर्णता दिए ।

यस्ता प्रविधि मानिसको सहयोगी बनाउन जडान गरिएका भए पनि यो पटक भने घाँडो बन्यो र सबै पोल छताछुल्ल भयो । प्रशंग केही अघि मात्र न्यायाधीशलाई दिनुपर्छ भनी ३ लाख रुपैयाँ बुझ्दै गरेको मुद्दा फाँटका नायब सुब्बा श्याम अर्याल रंगेहात पक्राउ परेको जिल्ला ललितपुरको हो ।

त्यो बेला प्रधानन्यायाधीश सुशीला कार्कीले हाम्रो क्षेत्रको कुरा हो, हामी नै कारबाही गर्छौं भन्दै उनलाई त अख्तियारको पञ्जाबाट छुटाइन तर अहिले उजुरी दर्ता फाँटमा तैनाथ भगवानको नाम गरेको सुब्बाले भण्डार कोठामा राति सवा सात बजे त्यहीँ करारमा कार्यरत अविवाहित युवतीसँग म्याद जारी गर्ने कोठामा राखेको यौन सम्बन्धको भिडियो सिसिटिभीमा देखिएको हो ।

अदालतप्रति आस्था घटछ भनेर यस्ता घटनालाई गुपचुप राख्ने न्यायमूर्तिहरुको दिमागमा यसरी अपराध लुकाउँदा विकृति बढ्छ भन्ने कुराको चेत कहिले खुल्ने होला ?
जनआस्था साप्ताहिकमा खबर रहेकाे छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger