Latest Updates :

नेपाल आइडलको टिम कतार प्रस्थान

SHARE THIS POST :
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’को टिमलाई बिदाई गरेका छन्। नेपाल आइडलको कतारमा हुने ‘ग्राण्ड फिनाले’मा सहभागी हुन कतार उड्न लागेको टिमलाई अन्नपूर्ण नेटवर्कको मुख्य कार्यालय कर्पोरेट टावर तीनकुनेमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष थापाले माला र खादा लगाएर बिदाई गरेका हुन्।

बिदाई कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दाससहित अन्तितम १२ प्रतिस्पर्धी सहभागी थिए। सेप्टेम्बर २२ मा हुने नेपाल आइडलको ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठ कतार जाँदै छन्।



साभार-http://www.npnews.net
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger