नेपाल प्रहरीले विराटनगरसँगै काठमाडौं, पोखरा र बुटवलमा पनि उनको खोजी गरिरहेको जनाएको छ । उनको खोजीको लागि भारतीय दूतावासले पनि सहयोग गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यौन शोषणको अभियोग प्रमाणित भएपछि बाबा २५ अगष्टदेखि जेलमा छन् । त्यही समयदेखि नै हनीप्रीत फरार छिन् ।
हनीप्रीत २०७२ मो महाभूकम्पका बेला पनि बाबासँग नेपाल आएकी थिइन् । त्यतिबेलादेखि नै उनले नेपालमा चिनजान बढाएकी हुन् । नेपालमा पनि बाबाका भक्तहरु धेरै नै भएको बताइन्छ । तिनै भक्तहरुले हनीप्रीतलाई शरण दिएको हुन सक्ने प्रहरीको अनुमान छ । हनीप्रीतमाथि बाबालाई भगाउन षड्यन्त्र गरेको र हिंसात्मक दंगा भड्काएको आरोप छ ।
भारतीय प्रहरीले शुक्रबार हनीप्रीतका ड्राइभर प्रदिपलाई गिरफ्तार गरेको छ । उनलाई राजस्थानको लक्ष्मणगढबाट गिरफ्तार गरिएको हो । प्रदिपले पनि आफूलाई त्यहीँ छोडेर हनीप्रीत नेपाल गएको बयान दिएका छन् ।
भिडियाेः
साभार-http://www.pnpmedianepal.com
Post a Comment