Latest Updates :

बलात्कारी बाबा रामरहिमकी ‘छोरी’ हनीप्रीतको हत्या ! भारतीय इन्टेलिजेन्स ब्युरो (भिडियो सहित)

SHARE THIS POST :
बलात्कारी बाबा रामरहिमले आफ्नै छोरीको पनि हत्या गरेको सनसनीपूर्ण खबर आएको छ । बलात्कार अभियोगमा २० वर्षको जेल सजाय काटिरहेका बाबा राम रहिमकी छोरी हनीप्रीतको हत्या गरिएको भारतीय इन्टेलिजेन्स ब्युरोले आशंका गरेको छ ।

इन्टेलिजेन्स ब्यूरोले हनीप्रीत लामो समयसम्म नभेटिएपछि उनको हत्या भएको हुन सक्ने आशंका गरेको छ । हनीप्रीतलाई बाबाका धेरै रहस्यहरुबारे जानकारी भएकोले उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । बाबा राम रहीम जेल गएसँगै हनीप्रीत बेपत्ता छिन् । प्रहरीले उनको विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ तर उनलाई भेट्न सकिएको छैन । उनीविरुद्ध बाबालाई अदालतबाटै भगाउन खोजेको र शहरमा दंगा भड्काएको आरोप छ । हनीप्रीत बाबाको निकै नजिक भएको हुँदा उनी पक्राउ परेमा बाबाका कैयौं रहस्य खुल्ने डरले उनको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीले बाबा जेल गएदेखि नै हनीप्रीतको निरन्तर खोजी गरिरहेको छ । तर, अनेकौं ठाउँमा छापा मार्दा पनि उनलाई भेट्टाउन भने सकेको छैन । हनिप्रित बाबा रामरहिम संगै बस्ने मात्र हैन शारीरिक सम्पर्क समेत गर्ने गरेको सनसनीपूर्ण खुलासा उनको आफ्नै श्रीमानले गरेका थिए ।


साभार- www.npnews.ne
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger