काठमाडौं : नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गरेका सागर आलेमगरका लागि शुक्रबार साँझ नमीठो क्षण सावित भएको छ । यो एक चरणमात्रै पार गरेको भए उनी घटीमा पनि १० लाख रुपैयाँ पुरस्कारको हकवाला बन्थे । उच्च सुरक्षाका साथ एपीवान एचडी टेलिजिभन टोलीसहित चार महिनापछि परिवारसँग भेट गर्न पाउँथे । ती क्षणहरू टेलिभिजनमार्फत लाखौं दर्शकमाझ पुग्थ्यो । अन्तिम प्रतिस्पर्धाका लागि कतार यात्रा सुनिश्चित हुन्थ्यो । तर यी अवसर बुद्ध लामा, प्रताप दास र निशान भट्टराईले मात्र पाएका छन् ।
अघिल्लो साता प्राप्त एसएमएस भोटका आधारमा सागर उत्कृष्ट चारबाट बाहिरिएका हुन् । प्रिमेन्टल मिडिया र १९ टीभी लिमिटेडको अन्तर्राष्ट्रिय फरम्याटअनुसार नै निर्णायकले भिटो प्रयोग गरी अघिल्लो साताको एपिसोडलाई ‘नो इलिमिनेसन एपिसोड’ घोषणा गरेका हुन् । चारैजना प्रतियोगी एक सातासँगै रहन पाउँदा खुसी भए । यस विषयलाई लिएर सामाजिक सञ्जाल एवं विभिन्न माध्यममा भएका नकारात्मक टिप्पणीप्रति उनीहरूले गुनासोसमेत गरेका छन् ।
https://youtu.be/CmKHtP9dRQg
साभार- http://www.npnews.net
Post a Comment